Welcome to Ghandi Saving & Credit Co-operative

सहकारीको र्सवमान्य सिद्धान्त, मुल्य र मान्यतालाइ शिरोपर गर्दै, विभिन्न धर्म, संस्कृति, जातजाती, पेशा तथा व्यवसायमा आवद्ध व्यक्ति एवं समुदायहरुलाइ ऐक्यवद्ध गर्दै, स्वबलम्बी, मितव्ययी र आत्मनिर्भर बनाउन नियमीत रुपले बचत गर्ने बानीको बिकास गर्न, संकलित बचतलाइ उत्पादनशील क्षेत्रमा लगानी गर्न सदस्यहरुलाइ प्रेरीत गर्दै शेयर सदस्य महानुभावहरुलाई समाज र समुदायमा सरल र सहज तरिकाले आधुनिक र व्यवस्थीत जीवनयापनमा सहयोग पुर्याउने उद्धेश्यले २०६७ मार्ग ७ गते गान्धी बचत तथा ऋण सहकारी संस्था लि. को स्थापना गरिएको हो । गान्धी बचत तथा ऋण सहकारी संस्था लिमिटेड एकल उद्धेश्यीय बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्था हो । यसले सहकारी सिद्धान्त एवं अन्तराष्ट्रिय बचत तथा ऋण संघका सिद्धान्तहरु पालना गर्दै आफ्ना शेयर सदस्यहरुबीच बचत संकलन गर्ने, बचतमा निश्चीत व्याज प्रदान गर्ने तथा सुलभ व्याजदरमा कर्जा लगानी गर्ने काम गर्दछ । "बचत नै विकासको पहिलो पाइला" हो भन्ने मान्यतालाइ आत्मसाथ गर्दै पूर्ण प्रजातान्त्रिक मोडेल र व्यवहार बाट अभिप्रेति भई यो संस्था सञ्चालीत भएको छ ।