Home : : Chairman's Message

 सहकारी आन्दोलन समुन्नत समाज निर्माणको शसक्त अभियान हो । यो आर्थिक अभियानसँगै सामाजिक र सांस्कृतिक अभियान पनि हो । यसले मानविय आवश्यक्ता र भावनालाई समेटेर व्यक्ति, परिवार र समाजको स्तर बृद्धि गर्दै लैजान्छ । एकआपसमा सहयोगको आदानप्रदान गर्न सिकाउँछ । विशेष गरेर समाजका आर्थिक तथा सामाजिक पहुँच कम भएकाहरुको हितलाई संरक्षण र संबर्धन गर्छ । क्षमताको विकासमा सहयोग गर्छ । त्यसैले सहकारी अभियान विश्वभरि नै लोकपृय बन्दै गईरहेको छ । संयुक्त राष्ट्रसङ्घले सन् १९१२ लाई सहकारी वर्षको रुपमा घोषणा गरेर संसार भरि सहकारीलाई प्रवर्धन गर्न प्रेरित गर्नु यसको प्रमाण हो । विश्वमा सहकारीको शुरुवात सन् १८४४ मै भएको भएपनि नेपालमा सहकारीको प्रवेश बि. सं. २०१० साल (सन् १९५३) मा र पहिलो सहकारीको स्थापना २०१३ साल चैत्र २० गते (सन् १९५६) मा मात्र भयो । बेलायतबाट शुरु भएको यो अभियान युरोप, अमेरिका हुँदै एशियामा प्रवेश गरेको थियो । भारतमा सन् १९०४ र चीनमा सन् १९१२ मै सहकारी स्थापना भएको पाइनछ । यसरी हेर्दा नेपालको सहकारी अभियान हाम्रै छिमेकि देश भारत, चीन र विश्वका अरु विकशित देशको जत्तिको पुरानो होइन । तर पनि यसले नेपालमा झण्डै छ दशक पुरा गरेको छ । पञ्चायत कालभरि सहकारीलाई राज्यले आफ्नो अनुकुल हिँडाउने प्रयास गरेकाले यो आफ्नै मुल्य, मान्यता र शिद्धान्त बमोजिम अगाडि बढ्न पाएन । त्यसैले सहकारीका लागि यो समय त्यसै खेर गयोभन्दा हुन्छ । प्रजातन्त्रको पुनस्र्थापना पछि सहकारी ऐन २०४८ र नियमावली २०४९ आएपछि मात्रै सहकारी अभियानले नेपालमा गति लिएको हो । अहिलेसम्ममा संख्यात्मक रुपमा धेरै सहकारी खुले पनि सहकारी शिक्षाको वास्तिविक ज्ञानको अभावमा अझै पनि सहकारी सही बाटोमा आइसकेको अवस्था छैन भन्दा धेरै हुँदैन । सहकारीले सदस्यलाई धनी बनाउने मात्रै होइन मानविय मूल्यमान्यता सहितको समुन्नत जीवन यापनको तरिका पनि सिकाउनु पर्छ । सदस्यले सिकेका कुरा व्यवहारमा प्रयोग गर्नुपर्छ र निरन्तर बाढ्नु पर्छ । यसो गर्दैजाँदा सहकारीको विकाससँगै सदस्य र समुदायको समेत उन्नति हुदै जान्छ । त्यो नै सहकारीको निर्दिष्ट लक्ष हो । संस्थाले भौतिक रुपमा मात्रै आफुलाई विस्तार गरेको छैन । संस्थाको दिगो विकासका उपायहरु पनि अवलम्बन गरेको छ । समिति र कर्मचारीलाई सहकारीको निर्दिष्ट लक्ष र संस्थाको उद्देश्य प्रति प्रतिवद्ध हुन सिकाएको छ । सदस्यलाई जिम्बेवार बनाउने अभियान इकाई निर्माण गरेर चलाईएको छ । सवैमा संस्थाको उद्दश्यलाई बुझेर आफ्नो काम, कर्तव्य र अधिकारको बारेमा प्रष्ट हुँदै जिम्बेवार र जवाफदेहि बन्न प्रेरित गरिएको छ । सवैको प्रयास र आजसम्मका अनुभवको आधारमा भविश्यमा हाम्रो सहकारी संस्थाले आश्चर्यजनक प्रगति गर्दै जानेछ भन्ने कुरामा म ढुक्क छु ।
Powered BY OKNepal Incorporation